site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सापकोटालाई शाहीको जवाफ– मैले जनताको ‘हत्या’ गरेर आएको हो र राजीनामा दिन ?
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आफूले किन राजीनामा दिने भन्दै प्रश्न गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले यस्तो प्रश्न गरेका हुन् ।

उनीभन्दा अघि बोलेका सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले वर्तमान संविधान र व्यवस्थाविरुद्ध कुन नैतिकताले बोलेको भन्दै त्यो अधिकार नभएको बताएका थिए । सो विषयमा शाहीले संविधानमा फरक मत राख्ने अधिकार भएको भन्दै सापकोटालाई जवाफ फर्काएका हुन् ।

“यो देशमा यो व्यवस्था चाहिने नचाहिने संशोधन गर्न पाइन्छ भनेको छ । कसैले विचार मिल्दैन भन्दै अमूक मान्छेले राजीनामा माग्न पाइँदैन । अलिकति ज्ञान भए संविधान पढेर आउनू, आउँदैन भने हामीसँग सिकाइ माग्नुपर्‍यो,” उनले भने, “संविधानले विशेष अधिकार दिएको छ । कुनै पनि सांसदले स्पष्ट रूपमा वाक् स्वतन्त्रता दिएकाले कसैले राजीनामा माग्न पाइँदैन ।”

आफू जुम्लाका जनताबाट निर्वाचित भएर आएको उनले उल्लेख गरे । “मैले किन राजीनामा दिने ? मैले आठ/नौ वर्षका बच्चाबच्चीको घाँटी काटेर आएको हो ? गुड्दै गरेको बसमा बम हानेर मारेको हो ? किन राजीनामा दिने ? मैले नेपाली जनता मारेको हो ? जातजाति, धर्मको नाममा हिंसा गरेर आएको हो ?,” उनले प्रश्न गरे ।

उनले यति भनेपछि माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले नियमापत्ति जनाएका थिए । तर, सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद सुनील शर्माले पाण्डेको विरोध गरे ।

त्यसपछि बोल्दै शाहीले आफू जनताको सेवा गरेर आएको बताए । राजीनामा किन दिने भन्दै थप आवाज उठाए ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro