खेल
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध पाँचौँ विकेट गुमाएको छ । आइतबार कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले * दीपेन्द्रसिंह ऐरीलाई २७.४ ओभरमा गुमाएको हो ।
दीपेन्द्रले नेपाली टिमको स्कोरबोर्डमा एक रन थपे । बास डे लिडेले गरेको उक्त ओभरको चौथो बल स्ट्राइकमा रहेका कुशल भुर्तेलले सोझो प्रहार गर्दा बल लिडेको खुट्टामा छोएर स्टम्पमा लाग्दा दीपेन्द्र पभेलियन फर्किएका हुन् ।
जारी खेलको २८ ओभर समाप्त हुँदा नेपालले पाँच विकेट गुमाएर ९३ रन बनाएको छ ।
*सच्याइएको ।
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८० ११:३१
प्रतिक्रिया दिनुहोस्