site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत पहिलो त्रिदेशीय शृंखलाको अन्तिम खेलमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ ।

यसअघिका तीन खेलमध्ये एक खेलमा मात्र जित निकालेको नेपाल आज विजयी नतिजासहित घरेलु मैदानमा आयोजित शृंखलाको अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।

Dabur Nepal
NIC Asia

नेपालले यसअघि पहिलो खेलमा नामिबियासँग चार विकेटको हार बेहोरेको  थियो । दोस्रो खेलमा नेदरल्यान्ड्सलाई नौ विकेटले हराए पनि नेपालले तेस्रो खेलमा पुनः नामिबियासँग दुई विकेटको हार बेहोरेको हो ।

यता, नेदरल्यान्ड्सले पनि जारी शृंखलाका तीन खेलमध्ये एक खेलमा मात्र जित निकालेको छ । नेदरल्यान्ड्सले नेपालसँग हार बेहोरे पनि दोस्रो खेलमा नामिबियालाई सात विकेटले हराएको थियो । तेस्रो खेलमा भने डच टिम नामिबियाविरुद्ध २४ रनले पराजित भएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यी दुई टिमबीचको खेल बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।

पहिलो शृंखलाका चार खेल खेलिसकेको नामिबिया लिग–२ तालिकाको शीर्ष स्थानमा छ । चार खेलमध्ये तीनमा जित निकालेको अफ्रिकी टोलीको खातामा ६ अंक छ । समान तीन खेल खेलेका नेपाल र नेदरल्यान्ड्स भने दुई अंकसहित क्रमशः तालिकाको दोस्रो र तेस्रो स्थानमा छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  ०५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro