site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मारेर गाडेको अवस्थामा भेटियो बाघ
Tiktok banner adTiktok banner ad

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा एउटा बाघ मारेर जमिनमा गाडेको अवस्थामा फेला परेको छ । मध्यविन्दु नगरपालिका–१५ स्थित नवदुर्गा सामुदायिक वनमा एउटा भाले बाघ मृत फेला परेको चोरमारा रेन्ज पोस्टका वन अधिकृत दुर्गादत्त कँडेलले जानकारी दिए ।

“रोयल बेंगल टाइगर प्रजातिको भाले वयस्क पाटेबाघ गाडेको अवस्थामा पूर्वपश्चिम राजमार्गदेखि ५०० मिटर दक्षिण जंगलमा भेटिएको हो,” उनले भने, “स्थानीयले बाघ गाडेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।”

यसअघि, यही फागुन ४ गते मध्यविन्दु नगरपालिका–१०, अरुणखोला जंगल क्षेत्रमा भाले प्रजातिको पाटेबाघ मृत अवस्थामा फेला परेको थियो । आठ दिनको अन्तरमा सोही जंगल क्षेत्रमा अर्को पाटेबाघ मृत फेला परेको हो । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  २२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro