site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लुम्बिनी प्रदेशसभा सदस्य यादव निलम्बित

तुलसीपुर । लुम्बिनी प्रदेशसभा सदस्य जानकीप्रसाद यादवलाई प्रदेशसभा सदस्यबाट निलम्बन गरिएको छ ।

यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेपछि उनी स्वतः निलम्बनमा परेको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रदेशसभा सचिव दुलर्भकुमार पुनले सूचना जारी गरी यादवविरुद्धको मुद्दा अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानुनी व्यवस्था रहेकाले सोहीअनुसार निलम्बन गरिएको जानकारी दिए ।

उनीविरुद्ध सार्वजनिक सम्पत्ति (वन पैदावार)को हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्ने विषयमा यही फागुन ८ गते विशेष अदालतमा मुद्दा परेको हो । उनी कपिलवस्तु क्षेत्र नम्बर–३ को ‘२’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित यादव यसअघि उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री थिए । रासस

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  २२:१०
प्रतिक्रिया दिनुहोस्