site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अरूको खुट्टा तान्ने काममा धेरै व्यस्त भए मुलुक बन्दैन : मन्त्री राई
फाइल तस्बिर ।

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मानिसको सोचलाई उत्पादनमुखी दिशामा लैजान आवश्यक रहेको बताएका छन् । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अरूको खुट्टा तान्ने काममा धेरै व्यस्त भएर मुलुक सम्पन्न नबन्ने उनले उल्लेख गरे । उनले सरकारमा बसेका मन्त्रीहरूको सोचले मात्र देश परिवर्तन गर्न सम्भव नहुने बताए । राष्ट्रको सोचलाई उत्पादन, उद्योग र श्रममुखी दिशामा लैजान आवश्यक रहेकामा उनले जोड दिए ।

Dabur Nepal
NIC Asia

“हामीले निर्यात गर्न नसकौँला, तर आयात मात्रै प्रतिस्थापन गर्‍यौँ भने पनि हाम्रो सम्पन्नताको ग्यारेन्टी हुन्छ । त्यसतर्फ हामी सबैले सोच्नुपर्छ,” उनले भने ।

मुलुक २५ मन्त्री र पाँच/सात राजनीतिक दलले मात्र बनाएर नबन्ने उनले बताए । “मुलुक २५ जना मन्त्रीले मात्रै बनाएर बन्ने होइन । यो पाँच/सातवटा पार्टीले मात्रै बनाएर बन्ने होइन,” उनले भने, “तीन करोड नेपालीका ६ करोड हातहरू संयमित रूपमा क्रियाशील हुनुपर्छ ।”

मन्त्री राईले सबैको सोच एउटै दिशामा अघि बढे देश विकास हुन समय नलाग्ने बताए । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro