देश

मकवानपुर । खानेपानीको काम गर्ने क्रममा मकवानपुरको हेटौँडामा आज एक जनाको मृत्यु भएको छ ।
हेटौँडा उपमहानगरपालिका–५ सिँचाइटोलका रामचन्द्र शर्मा देवकोटाको घरमा खानेपानीको काम गर्ने क्रममा सोही टोलका ४० वर्षीय वसन्त महर्जनको ज्यान गएको हो ।
काम गर्ने क्रममा इँटाको पर्खाल ढल्न गई पर्खालले च्यापिएका महर्जनको उपचारको क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
खानेपानीको पाइप जोड्ने क्रममा अचानक इँटाको पर्खालले च्यापिएपछि उनी गम्भीर घाइते भएका थिए । रासस
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८० २२:४५
प्रतिक्रिया दिनुहोस्