site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
जिमेललाई टक्कर दिन एक्समेल ल्याउँदै एलन मस्क !
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्वकै धनाढ्य टेस्ला, स्पेसएक्स, न्युरालिङ्क एवं एक्सका मालिक एलन मस्कले इमेल सेवा ल्याउने संकेत गरेका छन् ।

हाल विश्वको सबैभन्दा ठूलो मेल सेवा प्रदायकका रूपमा गुगल छ । गुगलको जिमेलका सक्रिय प्रयोगकर्ताको संख्या डेढ अर्बभन्दा बढी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मस्कले जिमेलकै प्रतिद्वन्द्वीका रूपमा एक्समेल ल्याउने संकेत गरेका हुन् । सामाजिक सञ्जाल एक्समा ‘हामी एक्समेल कहिले ल्याउने’ भनेर एक प्रयोगकर्ताले गरेको प्रश्नको जवाफमा मस्कले ‘यो चाँडै आउँदै छ’ भनेर प्रतिक्रिया दिएका छन् ।

याहु, जाहो, आइक्लाउड, आउटलुकलगायत अन्य इमेल सेवा प्रदायक रहे पनि सबैभन्दा धेरै गुगलको जिमेल प्रयोगकर्ता छन् ।

Global Ime bank

मस्कले जिमेललाई नै टक्कर दिने किसिमले एक्समेल ल्याउन सक्ने बताइएको छ । यसअघि मस्कले एक्समै तत्कालीन ट्विटर किन्ने भनेर लेखेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement