site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
चलचित्र ‘मेयर’को छायांकन सुरु 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘मेयर’को छायांकन सुरु भएको छ । काठमाडौंको मल्ल होटेलबाट चलचित्रको छायांकन सुरु गरिएको हो । 

काठमाडौंसँगै ‘मेयर’ सिन्धुली र सर्लाहीमा छायांकन हुनेछ । “काठमाडौंमा बिहीबार छायांकन गरियो । एक दिन सिन्धुलीमा छायांकन हुनेछ,” मेयरका निर्देशक दीपेन्द्र के खनालले भने, “बाँकी सबै छायांकन सर्लाहीमा हुनेछ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्रको मुख्य भूमिकामा खगेन्द्र लामिछाने छन् । भूमिकामा खगेन्द्रसँगै वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अर्विशा थापा, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसीलगायतको अभिनय रहनेछ । 

यो चलचित्रबाट निर्माताको रूपमा श्रृष्टिमाँ खनाल र कलाकारको रूपमा अर्विशा थापाले डेब्यु गर्दै छन् ।

Global Ime bank

चलचित्र ‘मेयर’को कथा सर्लाही जिल्ला, वाग्मती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन संघर्षलाई आधार मानेर तयार पारिएको छ । 

चलचित्रको कार्यकारी निर्माता दीपेन्द्र स्वयं हुन् भने निर्माता शर्मिला पाण्डे र श्रृष्टिमाँ खनाल हुन् । चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १४:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय