site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपालको लगातार दोस्रो जित, इराकविरुद्ध सावित्राको पाँच गोल

काठमाडौं । सावित्रा भण्डारीको पाँच गोलप्रेरित नेपालले पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ) मा इराकविरुद्ध ५–० को फराकिलो जित निकालेको छ ।

बिहीबार साउदी अरेबियाको किंग अब्दुल्लाह स्पोर्ट्स सिटीमा सम्पन्न खेलमा सावित्राले पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल गरिन् । 

लगातार दोस्रो जितसँगै नेपाल प्रतियोगिताको क्वार्टरफाइनल नजिक पुगेको छ । नेपालले यसअघि पहिलो खेलमा सिरियालाई ४–१ ले हराएको थियो ।

लगातार दोस्रो हार बेहोरेको इराक भने समूह चरणको अन्तिम खेलअगावै बाहिरिने निश्चिन बनेको छ । इराकले यसअघि पहिलो खेलमा प्यालेस्टाइनसँग ३–० का हार बेहोरेको थियो । 

Global Ime bank

नेपालले अब शनिबार समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनसँग खेल्ने छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  २१:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu