राजनीति
गोदावरी । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले धर्म निरपेक्ष देश हुन नसक्ने बताएका छन् । बिहीबार महासमिति बैठकको समापन सत्रमा उनले धर्म स्वतन्त्र हुने भन्दै निरपेक्ष बनाउनु दु:खद भएको बताए ।
“धर्म न सापेक्ष हुन्छ न त निरपेक्ष हुन्छ । यो स्वतन्त्र हुन्छ । तर, हामीले धर्म निरपेक्ष बनायौँ, यो दुर्भाग्य हो,” उनले भने ।
कोइराललो कांग्रेसको चार तारामध्ये एक तारा धर्म भएको जिकिर गरे ।
उनले चुनावअघि गठबन्धन कुनै पनि हालतमा उपयुक्त नहुने पनि बताए । तर, चुनावपछि सरकार बनाउँदा गठबन्धन गर्न सकिने उनको भनाइ छ ।
कोइरालाले ३६४ दिन कांग्रेस बनेर हिँड्ने तर मत हाल्ने दिन अर्को चिह्नमा मत खसाल्ने कांग्रेस नचाहिने पनि बताए ।
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८० १७:२१
प्रतिक्रिया दिनुहोस्