site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राजस्व संकलन ११ अर्बभन्दा बढी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हवाई उडानका दृष्टिकोणले अति व्यस्त विमानस्थल हो । आन्तरिक र अन्तर्राष्ट्रिय उडान चाप बढ्दो छ भने विमानस्थल भएर हवाईयात्रा गर्ने यात्रुको संख्या पनि बर्सेनि बढिरहेको छ ।

विमानस्थलमा उडान र यात्रुसँगै आम्दानी पनि बढ्दो छ । विमानस्थल कार्यालयका अनुसार, गत आर्थिक वर्ष २०७९/८० मा ११ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । चालु आवमा सो विमानस्थलबाट १३ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएको छ । आजसम्म ६ अर्ब ७६ करोड रुपैयाँ राजस्व संकलन गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीले विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आएको, अन्तर्राष्ट्रिय हवाई यात्रु बढेको र सुधारका समग्र प्रयासबाट राजस्व क्रमशः बढिरहेको उल्लेख गरे । विमानस्थल कार्यालयले यात्रुसेवा शुल्क, कोठा र सटर बाहल तथा जहाजको अवतरण, बिसानलगायत शीर्षकबाट राजस्व उठाउँदै आएको छ ।

विमानस्थल कार्यालयले आव २०७७/७८ मा दुई अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । कोभिड–१९ का कारण उक्त वर्ष राजस्व घटेको कार्यालयले उल्लेख गरेको छ । कोरोनापछि विमानस्थल पूर्ण क्षमतामा सञ्चालित छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल आन्तरिकतर्फ नौ एयरलाइन्स र १२ हेलिकोप्टर कम्पनी सञ्चालनमा छन् । अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले १६ देशका ३१ गन्तव्यमा सेवा दिइरहेका छन् ।

नेपालले हाल ४२ मुलुकसँग दुईपक्षीय हवाई सेवा सम्झौता गरेको छ । पछिल्लोपटक गएको माघ २३ गते नेपाल र स्वीट्जरल्यान्डबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो । रासस

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro