site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद् अवरोध गरेर सत्ता प्राप्ति गर्ने अभिलाषा नराख्नुस् : सांसद केसी
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले संसद् अवरोध गरेर सत्ता प्राप्ति गर्ने अभिलाषा नराख्न प्रतिपक्षी दलहरूलाई आग्रह गरेका छन् । 

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रतिपक्ष संसद् चलाउने मुडमा नरहेको जस्तो आफूलाई महसुस भएको बताए । संसद्को काम कानुन निर्माण गर्ने भएकाले त्यसतर्फ जोड दिनुपर्ने बताए ।

Dabur Nepal

उनले भने, "झट्ट हेर्दा प्रतिपक्ष संसद् चलाउने मुडमा छैन । पटकपटक अवरोध गर्ने मुडमा छ । मलाई लाग्दछ, संसद्को काम भनेको कानुन निर्माण गर्ने हो । एक वर्षमा एउटा कानुन निर्माण भयो । आमजनतामा असन्तोष छ । म प्रतिपक्षका साथीहरूलाई भन्न चाहन्छु, विवाद हुनसक्छ तर संसद् अवरोध गरेर त्यहाँबाट सत्ता प्राप्त गर्छु भन्ने अभिलाषा नराख्नुहोला । संसद्को कार्यतालिका ल्याएर सञ्चालन गर्नेकुरा स्वागतयोग्य छ ।"

सांसद केसीले कार्यतालिका ल्याएर संसद् सञ्चालन गर्नेकुरा स्वागतयोग्य भएको बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १३:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro