site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
क्यान्सरको जोखिम देखिएपछि भारतमा कटन क्यान्डी बिक्रीमा प्रतिबन्ध
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतमा केही राज्यले कटन क्यान्डीको बिक्रीमा प्रतिबन्ध लगाएका छन् ।

भारतको दक्षिणी राज्य तमिलनाडुले परीक्षण गर्दा क्यान्सर उत्पन्न गर्ने पदार्थ रोडामिन–बी भेटिएपछि गत हप्ता कटन क्यान्डी बिक्रीमा प्रतिबन्ध लगाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

फेब्रुअरी महिनाको सुरुतिर केन्द्र शासित पुडुचेरीले पनि कटन क्यान्डीमाथि प्रतिबन्ध लगाएको थियो । अन्य राज्यहरूले पनि यसको नमुना परीक्षण गर्न थालेका छन् ।

भारतलगायत विश्वका विभिन्न देशमा कटन क्यान्डी खानेकुरा बालबालिकामाझ परिचित छ । तमिलनाडुको चेन्नई सहरका खाद्य सुरक्षा अधिकारी पी सतिश कुमारले कपास क्यान्डीमा हुने प्रदूषकले क्यान्सर निम्त्याउन सक्ने र शरीरका सबै अंगलाई असर गर्नसक्ने बताए ।

Global Ime bank

रोडामिन–बी रसायनले क्यान्सरको जोखिम बढाउन सक्ने अध्ययनले देखाएको छ । युरोप र क्यालिफोर्नियामा खाने रङ वा फुड डाइको रूपमा यसको प्रयोग अवैध छ ।

नेपालमा पनि गत माघ १३ गते काठमाडौं महानगरपालिकाले सूचना जारी गरेर अखाद्य रङयुक्त कटन क्यान्डी प्रयोग तथा बिक्रीमा रोक लगाएको छ । महानगर क्षेत्रभित्र कटन क्यान्डी बिक्रीमा रोक लगाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १३:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement