site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
महासमिति सदस्य नरहेका स्याङ्जाका मेखलालले बैठकमा बोलेपछि...

गोदावरी । नेपाली कांग्रेसको महासमिति बैठकमा महासमिति सदस्य नरहेको व्यक्तिले प्रतिवेदनमाथिको छलफलका क्रममा धारणा राखेपछि विवाद भएको छ ।

वाग्मती प्रदेश र गण्डकी प्रदेश समूहमा जारी छलफलमा स्याङ्जाका मेखलाल श्रेष्ठलाई बोल्न दिइएपछि प्रतिनिधिले आपत्ति जनाएका हुन् । श्रेष्ठ गण्डकीका उपसभापति समेत हुन् । बिहीबार बोल्ने प्रतिनिधिमा उनलाई पनि समय दिइएको थियो । तर, उनी महासमिति सदस्य नरहेको गोरखाका पार्टी सभापति नन्दु न्यौपानेले जानकारी दिए ।

“महाधिवेशन प्रतिनिधिले बोल्न पाएका छैनन् । प्रतिनिधि नै नभएका व्यक्तिलाई बोल्न समय दिइयो,” न्यौपानेले भने, “विधि मिच्ने काम भएकाले प्रतिनिधिहरूले विरोध गरेका हुन् ।”

वाग्मती प्रदेश अध्यक्ष इन्द्रबहादुर बानियाँ र गण्डकी सभापति शुक्रराज शर्माले बोल्न दिएको समय माफी माग्दै रेकर्डबाट हटाइने बताए ।

श्रेष्ठले गठबन्धन गर्नुपर्ने भन्दै बोलेका थिए ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro