site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इन्टर मियामीको विजयी सुरुआत

काठमाडौं । अर्जेन्टिनी फरवार्ड लियोनल मेसीको कप्तानीमा रहेको इन्टर मियामीले मेजर लिग सकर (एमएलएस)को नयाँ सिजन २०२४ मा विजयी सुरुआत गरेको छ । बिहीबार भएको पहिलो खेलमा मियामीले रियल साल्ट लेकविरुद्ध २–० को जित निकालेको हो ।

घरेलु मैदान चेज रंगशालामा मियामीलाई जित दिलाउन रोबर्ट टेलर र डिएगो गोमेजले गोल गरे । खेलको ३९औँ मिनेटमा टेलरले गोल गरेपछि मियामीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो ।

निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा गोमेजले गोल गर्दै मियामीको अग्रता दोब्बर बनाए ।

साल्ट लेकविरुद्ध मियामीका फरवार्ड लुइस स्वारेजले एमएलएसमा ‘डेब्यु’ गरे । खेलमा पहिलो रोजाइमा मैदानमा उत्रिएका स्वारेज ९०औँ मिनेटमा ‘सब्सिच्युट’ भएका थिए ।

जितसँगै तीन अंक जोडेको मियामी इस्टर्न कन्फेरेन्सको शीर्ष स्थानमा उक्लिएको छ । पराजित साल्ट लेक तालिकाको पुछारमा छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ०९:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro