site stats
बाह्रखरी :: Baahrakhari
खेल
सूर्य नेपाल वेस्टर्न ओपन आजदेखि

काठमाडौं । सूर्य नेपाल गल्फ टूर २०२३–२४ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन हिमालयन गल्फ क्लब पोखरामा आजदेखि सुरु भएको छ ।

तीन दिनसम्म चल्ने प्रतियोगिता ५४ होलको हुनेछ । काठमाडौंबाहिर हुने दुई प्रतियोगितामध्ये एक सूर्य नेपाल वेस्टर्न ओपनमा ३५ प्रोफेसनल र १५ एमेच्योर खेलाडीको सहभागीता रहने आयोजकले जनाएको छ । डिफेन्डिङ च्याम्पियन तथा नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राई र सुवाश तामाङ भारतीय गल्फ टूरमा व्यस्त रहेको हुनाले यस प्रतियोगितामा सहभागीता जनाएका छैनन् ।

गत महिना धरानमा सम्पन्न सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेर शुक्र भारतीय गल्फ टुरमा सहभागिता जनाउन गएका हुन् । पूर्वनम्बर एक एमेच्योर गल्फर सुवाशले प्रोफेसनल गल्फ टूर अफ इन्डियाको क्वाललिफाइङ स्कुलमा दोश्रो हुँदै भारतीय गल्फ टूरको २०२४ सिजनको लागि कार्ड प्राप्त गरेका हुन् ।

यो सिजनको दोस्रो प्रतियोगिता, सूर्य नेपाल एनपीजीए म्याच प्लेका उपाधि विजेता दिनेश प्रजापतिसहित पूर्वनम्बर एक खेलाडीहरू भुवन नगरकोटी र रवि खड्का, जयराम श्रेष्ठ, नीरज तामाङ, सञ्जय लामा, धनबहादुर थापा दाबेदार खेलाडी हुन् । प्रतियोगितामा नेपाली राष्ट्रिय गल्फ टिमका एमेच्योर खेलाडी सदभाव आचार्य पनि दावेदार मध्येका एक हुन् । सदभावले यो सिजनको पहिलो प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका थिए ।

Global Ime bank

३६ होलको समाप्तिमा कट लागु हुनेछ । जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन । एमेच्योर खेलाडीको हकमा पनि प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागीता जनाउन पाउनेछन् ।

प्रतियोगिताको विजेताले एक लाख ४० हजार, दोस्रो र तेस्रो हुनेले क्रमश ९६ हजार र ७२ हजार नगद पुरस्कार प्राप्त गर्ने छन । चौंथो र पाँचौँ स्थान प्राप्त गर्न प्रोफेसनल खेलाडीले क्रमशः ५९ हजार र ५० हजार हात पार्ने छन । साथै, उत्कृष्ट २१ मा पर्न सफल अन्य गल्फरले नगद हात पार्ने छन ।

प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो–एम प्रतियोगिता हुनेछ । सूर्य नेपाल गल्फ टूर २०२३–२४ अन्तर्गत कुल आठ प्रतियोगिता हुनेछन् । जसमा कुल ६५ लाख नगद पुरस्कार रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu