site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
घुस मुद्दामा प्रतिकूल बकपत्र गर्नेविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस मुद्दामा प्रतिकूल बकपत्र गरेको आरोपमा मोरङको सुन्दरहरैचा नगरपालिका बस्ने यादव रिजालविरुद्ध भ्रष्टाचार मुदा दायर गरेको छ । अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा उनीविरुद्ध मुदा दायर गरेको हो । 

नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रका प्राविधिक कर्मचारी (चौथो तह) विर्जुकुमार महतोले घुस लिई भ्रष्टाचार गरेको मुद्दामा अख्तियारले रिजाललाई सरकारी साक्षीको रूपमा पेस गरेको थियो । 

रिजालले आयोगका अनुसन्धान अधिकृतसमक्ष गरेको बयान कागजको प्रतिकूल हुने गरी बकपत्र गरेपछि अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो । 

रिजालले विद्युत् क्षमतामा अभिवृद्धि गर्न २५ हजार रुपैयाँ घुस प्रतिवादी महतोलाई दिएको कार्य भ्रष्टाचार भएको ठहर गर्दै मुद्दा दायर गरिएको अख्तियारद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro