site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कम्युनिष्टहरू एक हुँदैछन्, राष्ट्रियसभा अध्यक्ष गुमाउँदा ओठ, मुख सुक्ला : रमेशजंग रायमाझी 
फाइल तस्बिर ।

ललिपुर । राष्ट्रियसभा संसदीय दलका नेता रमेशजंग रायमाझीले गठबन्धन नगर्ने भनिरहँदा राष्ट्रियसभा अध्यक्ष गुम्यो भने कसले जिम्मा लिन्छ भन्दै प्रश्न गरेका छन् । कांग्रेसको जारी महासमिति बैठकमा बोल्दै उनले निर्वाचन लड्ने बेलामा सबैलाई गठबन्धन चाहिने अनि टिकट नपाएपछि गठबन्धन खराब भन्ने भन्दै प्रश्न गरे । 

उनले यही अवस्थामा राष्ट्रियसभा अध्यक्ष पद गुमाउन खोजेको हो भन्ने प्रश्न तेर्साए । राष्ट्रियसभा अध्यक्ष संवैधानिक पद भएकाले पनि त्यो पनि गुमाउने हो भन्ने प्रश्न उनको थियो । “राष्ट्रियसभा अध्यक्षको पद खाली हुँदैछ । कांग्रेसलाई संवैधानिक परिषद् सदस्य बनाउनुपर्छ भनेर कुरा अघि बढिरहेको बेलामा गठबन्धन तोड्ने भनेको के हो ? कांग्रेसले त्यो गुमाउन खोजेको हो ?,” 

उनको प्रश्न थियो । पटक–पटक पद पाएकाले गठबन्धनको विरोध गरिरहेको भन्दै उनले अहिले निर्वाचित भएर गठबन्धन तोड्नु सोही व्यक्ति लागि परेको जिकिर गरे ।

“गठबन्धन अहिलेको आवश्यकता हो । एउटा नेताले गरेको मात्र गठबन्धन हैन । गठबन्धन आवश्यक नभएको भए नयाँ नेतृत्वलाई निर्णय गर्न दिँदा हुन्छ अहिले ८४ र ८२ भनेर हिँड्ने ?,” उनले भने, “कम्युनिष्टहरू एक हुँदैछन् । ओठ, मुख सुकाउने अवस्था भोलि नबनोस् । राष्ट्रियसभा अध्यक्ष गुमाउने काममा पार्टी नलागोस् ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu