खेल
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले पाँचौँ विकेट लिएको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले २२औँ ओभरको अन्तिम बलमा कप्तान गेरहार्ड इरास्मसलाई गुमाएको हो । इरास्मसलाई नेपालका कुशल भुर्तेलले करण केसीबाट क्याच गराए । जारी खेलमा कुशलको यो पहिलो विकेट हो ।
जारी खेलको २२ ओभर समाप्त हुँदा नामिबियाले पाँच विकेट गुमाएर १०३ रन बनाएको छ ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रनको योगफल खडा गरेको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८० १३:५६
प्रतिक्रिया दिनुहोस्