site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस नेतृत्वलाई थानीले भने– गुट बनाउने कि पार्टी प्रष्ट हुनुस्

ललितपुर । नेपाली कांग्रेसका नेता तथा सांसद हृदयराम थानीले पार्टी मुहानबाटै दूषित भएको बताएका छन् । नेताहरू गुटगत राजनीतिमा रुमल्लिदा पार्टी निर्माणको विषय ओझेलमा परेको उनले बताए । 

“कि गुट बन्छ, कि पार्टी । गुट पनि बनाउँछु पार्टी पनि बनाउँछु भनेर सम्भव छैन,” थानीले भने, “पदाधिकारीको ध्यानाकर्षण गराउँदछु । तपाईंको जीवनशैलीमा आएको परिवर्तनप्रति कार्यकर्ता रुष्ट छन् । जनआस्था र जनआकर्षण पातलिँदै छ ।” 

उनले नेताहरूका प्रतिवेदनमा आएका विषय वाक्य पढ्न आकर्षक भए पनि कार्यान्वयनको नजरबाट अब्बल नरहेको टिप्पणी गरे । प्रतिवेदनमा आन्तरिक एकताको कुरा उल्लेख भएको भन्दै त्यो गुटगत राजनीतिले सम्भव नहुने बताए ।

“प्रतिवेदनमा आन्तरिक एकताका कुरा उल्लेख छन् । एकतालाई मजबुद बनाउने भनेर एकता सम्भव देखिँदैन,” थानीले भने, “मुहानमा समस्या छ तल बिग्रेको छैन । बिग्रेको माथि हो सुधार्नुस् होइन भने तल सुधार्न गाह्रो छ ।” 

थानीले मनपरी तरिकाले क्रियाशील सदस्यता खोस्ने र अन्य पार्टीका विस्थापितलाई सदस्य भनेर महाधिवेशनमा लैजाने कुराले एकतालाई बल नपुग्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १३:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro