site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
तमलोपा र जप्रपा नेपालबीच सहकार्यका लागि सहमति 
Global Ime bank

काठमाडौं । हृदयश त्रिपाठीको नेतृत्त्वमा रहेको जनता प्रगतिशील पार्टी, नेपाल र वृशेषचन्द्र लाल अध्यक्ष रहेको तराई–मधेस लोकतान्त्रिक पार्टीबीच सहकार्य गर्ने विषयमा सहमति भएको छ ।

पाँच बुँदे सहमति सार्वजनिक भएको छ । आज भएको सहमतिको पहिलो बुँदामा नेपालको संविधानको रक्षार्थ यसमा समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण गर्न भनिएको छ ।

त्यसैगरी तराई–मधेसका साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिको लक्ष्य प्राप्ति गर्ने, विद्यमान सबै प्रकारका विभेदको अन्त्य गर्ने, निरन्तर बिग्रदो अर्थतन्त्रमा सुधार तथा देशको कृषि उत्पादनमा वृद्धि र किसानको हितमा क्रियाशील रहन र लाल आयोगको प्रतिवेदन सार्वजनिकरण तथा कार्यान्वयन गराउन दुवै पार्टी सहमत भएको उल्लेख छ । यी विषयमा सहमत हुन सक्ने लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायतका दलहरुलाई पनि सहकार्यको लागि अनुरोध गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ०९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu