site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
घरजग्गा कारोबार बढ्यो, राजस्व संकलन घट्यो 
फाइल तस्बिर

काठमाडौं । आर्थिक मन्दीको मारमा परेको घरजग्गा कारोबार बिस्तारै तात्न खोज्दै छ ।  तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को सात महिनामा घरजग्गा कारोबार बढ्दो छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार, चालु आवको माघसम्ममा दुई लाख ७८ हजार ९२३ लिखत पारित भएको छ ।  गत आव त्यही अवधिमा दुई लाख ३१ हजार ४२३ लिखत पारित भएको थियो ।

यस तथ्यांकको आधारमा गत वर्षको तुलनामा चालु आवमा ४७ हजार बढी जग्गा खरिद–बिक्री भएको छ ।

Untitled-1-real-state-1708486502.png
 

दुई आवको कुन महिनामा कति कारोबार ?

Global Ime bank

चालु आवको साउनमा ३९ हजार २६३ लिखत पारित भएको थियो । गत आवमा साउनमा ३३ हजार ८३४ लिखत पारित भएको थियो । विभागका अनुसार, चालु आवको भदौमा ३५ हजार ६८६, असोजमा ३९ हजार ८८१, कात्तिकमा २६ हजार ४६, मंसिरमा ४१ हजार ८५१, पुसमा ४५ हजार २७५ र माघमा ५० हजार ९२१ लिखत पारित भएको छ ।

गत आवको भदौमा ३४ हजार ८३४, असोजमा २५ हजार ७८९, कातिकमा २७ हार ९३९, मंसिरमा २९ हजार १८४, पुसमा ३८ हजार ८७१ र माघमा ४१ हजार ८६ लिखत पारित भएको विभागले सर्वाजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

real-state-लिखत-पारित-1708486501.png
 

गत वर्षको तुलनामा यो वर्ष घरजग्गा कारोबार सुधारको लयमा देखिन्छ । सहकारीको हिसाब–मिलान र अनौपचारिक क्षेत्रबाट हुने खरिद–बिक्रीबीच हुने हिसाब मिलानले गर्दा देखिएको सबै वास्तविक कारोबार नभएको व्यवसायीहरू दाबी गर्दै आएका छन् ।

नेपाल जग्गा तथा आवास महासंघका अध्यक्ष भेषराज लोहनीले पनि यस्ता खालका समस्या केही प्रतिशत रहेको दाबी गर्छन् ।  जसले गर्दा घरजग्गा खरिद–बिक्रीमा उल्लेख सुधार नभएको दाबी गर्छन् ।

“कतिपय ठूला सहकारीले लगानीकर्ताको बचत फिर्ता गर्न नसक्दा जग्गा फिर्ता दिएर हिसाब–मिलान गर्ने गरेका छन्,” लोहनीले भने, “अर्काेतर्फ केही प्रतिशत अनौपचारिक क्षेत्रबाट घरजग्गा कारोबार गर्न व्यवसायीहरूले व्यक्तिगत जग्गा लिएर कारोबार गर्ने तर, व्याज नतिर्ने सक्दा अथवा मुनाफा दिन नसक्दा जग्गा नै फिर्ता गर्ने घटना पनि देखिन्छ ।”

अध्यक्ष लोहनीका अनुसार, बिस्तारै सुधार हुन्छ भन्ने मनोविज्ञान घरजग्गा कारोबारमा पनि देखिएको छ । त्यसैले आशा जाग्दै गएको लोहनीले बाह्रखरीसँग बताए । घरजग्गा कारोबारमा देखिएको समस्या समाधान गर्न ‘लोन टु भ्यालु’ रेसियो ७० पुर्‍याउनुपर्ने र कर्जा आम्दानी अनुपात न्युनतम ८० प्रतिशत पुगेपछि कारोबारमा सुघार हुने अध्यक्ष लोहनी बताउँछन् ।

राजस्व संकलन कति ?

चालु आवमा घरजग्गा कारोबार बढ्दै गर्दा पनि राजस्व संकलन घटेको  छ । विभागको तथ्यांक अनुसार, चालु आवमा २१ अर्ब ६५ करोड २८ लाख ४१ हजार ७९० रुपैयाँ राजस्व संकलन भएको छ । गत आवमा २१ अर्ब ९४ करोड १८ लाख १३ हजार ४४८ रुपैयाँ संकलन भएको थियो ।

गत आवको भन्दा चालु आवमा ४७ हजार बढी लिखत पारित हुँदा राजस्व संकलन भने २८ करोड ८९  लाख ७१ रुपैयाँले घटेको छ ।  चालु आवको साउनमा दुई अर्ब ९१ करोड, भदौमा तीन अर्ब चार करोड, असोजमा चार अर्ब नौ करोड, कातिकमा दुई अर्ब १६ करोड राजस्व संकलन भएको विभागको तथ्यांकमा उल्लेख छ । 

यस्तै, मंसिरमा दुई अर्ब ८७ करोड, पुसमा तीन अर्ब ३८ करोड र माघमा तीन अर्ब ३८ करोड राजस्व संकलन भएको छ ।  गत आवको साउन महिनामा दुई अर्ब ७४ करोड, भदौमा तीन अर्ब ५६ करोड, असोजमा दुई अर्ब ५७ करोड, कातिकमा तीन अर्ब एक करोड राजस्व संकलन भएको थियो ।  मंसिरमा दुई अर्ब ६५ करोड, पुसमा तीन अर्ब ७२ करोड र माघमा तीन अर्ब ७० करोड राजस्व संकलन भएको विभागले सार्वजनिक गरेको तथ्यांकमा छ ।

real-state-राजस्व-स_कलन-1708486501.png
 

मुख्य सहरमा महँगा जग्गाको खरिद–बिक्री कम भएका कारणले राजस्व संकलनमा कमी आएको महासंघको प्रक्षेपण छ ।  अनौपचारिक क्षेत्रबाट कारोबार हुँदा राजश्व संकलन कम भएको अध्यक्ष लोहलीले बताए । “मोफसलमा अनौपचारिक क्षेत्रहरूबाट लेनदेन भए । यस्तै, सहकारीहरूले पनि जग्गा लिने र भ्यालुएसन गरेर बजतकर्ताको हिसाब–मिलान गर्दा राजस्व संकलनमा कमी आएको छ” लोहनीले भने । 

सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउने खालका ऐन, निर्माण गर्नुपर्ने बताउँछन् । महासंघले ‘स्टक मार्केट’ जस्तै घरजग्गा कारोबार गर्न डिजिटल प्लेटफर्म बनाउनुपर्ने अवधारणा मन्त्रालयमा बुझाएको छ । लोहनी भन्छन्, ‘‘यसले घर–जग्गा कारोबार पारदर्शी बनाउन सहयोग पुग्छ ।’’ 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ०९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu