देश
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद बुधबार भारत जाने भएका छन् । परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।
परराष्ट्रमन्त्री साउद रायसिना संवादको नवौँ संस्करणमा भाग लिन भारतको नयाँदिल्ली जान लागेका हुन् । उनले शुक्रबार उक्त कार्यक्रमलाई सम्बोधन गर्ने परराष्ट्रले जनाएको छ ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्रीले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तिसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
रायसिना संवाद एक बहुपक्षीय प्लेटफर्म हो जसलाई अब्जर्भर रिसर्च फाउन्डेसनले भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको हो ।
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८० १७:३८
प्रतिक्रिया दिनुहोस्