site stats
बाह्रखरी :: Baahrakhari
देश
तत्कालीन तीन वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फाइल तस्बिर ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय कपिलवस्तुका तत्कालीन तीन वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले सार्वजनिक सम्पत्ति हानि–नोक्सानी गरी भ्रष्टाचार गरेको ठहर गर्दै मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

अख्तियारले मुद्दा दायर गरेकामा तत्कालीन वन अधिकृतहरू कृष्णदत्त भट्ट, तत्कालीन डिभिजनल वन अधिकृत दुर्गाबहादुर कार्की र गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति कार्यान्वयन इकाइका तत्कालीन संयोजक एवं वन अधिकृत महेन्द्रराज वाग्ले छन् ।

Argakhachi Cement Island Ad

अख्तियारले सहायक वन अधिकृत ब्रह्मदेव महतो, रेन्जर हेमराज पण्डित, तत्कालीन सहायक वन अधिकृत शिवशंकर प्रसाद, सहायक वन अधिकृत टोलकराज चापागाईं, सहायक वन अधिकृत लालबाबु झा, सहायक वन अधिकृत गणेशकुमार थारु, तत्कालीन सहायक वन अधिकृत नागेन्द्रप्रसादसिंह राजपुत, फरेस्टर रामरक्षा कुर्मी (चौधरी)विरुद्ध पनि मुद्दा दायर गरेको छ ।

यस्तै, वनरक्षकहरू सञ्जय थारु, सञ्जय केवट, रामगोपाल त्रिपाठी र वासुदेव गोडिया, फरेस्टर रमतु चौधरी, गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिका तत्कालीन संयोजक/अध्यक्ष जानकीप्रसाद यादव, गोरखा मनकामना काष्ठ फर्निचर उद्योगका सञ्चालक एकनाथ घिमिरे र एआर काठ दाउरा खरिद–बिक्री सेन्टरका प्रोपाइटर गीता जिसीविरुद्ध अख्तियारले भ्रष्टाचार मुदा दायर गरेको छ ।

अख्तियारले दायर गरेको मुद्दामा एकनाथ घिमिरेसँग नौ लाख ३९ हजार १३५ र गीता जिसीसँग १९ लाख ७३ हजार ५८ रुपैयाँ बिगो दाबी गरिएको छ । मुद्दा दायर गरिएका अरू बाँकी सबैसँग २९ लाख १२ हजार १९३ रुपैयाँ बिगो दाबी गरिएको छ ।

कपिलवस्तुको गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले आर्थिक वर्ष २०७४/७५ मा ६ कटान प्लटको ३७ हजार क्युफिट काठ कटान गरी अनियमितता गरेको भन्ने उजुरीपछि अख्तिायरले अनुसन्धान अघि बढाएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १४:१५
प्रतिक्रिया दिनुहोस्