site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वैज्ञानिकले फेला पारे प्रत्येक वर्ष ३७० सूर्यबराबरको पिण्ड निलिरहेको ‘ब्ल्याक होल’
Tiktok banner adTiktok banner ad

काठमाडौं । अस्ट्रेलियाको नेसनल युनिभर्सिटीका वैज्ञानिकले ब्रह्माण्डमा अहिलेसम्मकै सबैभन्दा चम्किलो वस्तु पत्ता लगाएका छन् । युरोपेली साउर्थन अब्जर्भेटरी (ईएसओ)को भेरी लार्ज टेलिस्कोप (भीएलटी)को प्रयोग गरेर वैज्ञानिकले यस्तो ‘ब्ल्याक होल’ फेला पारेका हुन् ।

यसको पिण्ड १७ अर्ब सूर्यबराबरको । यो ब्ल्याक होल सूर्यभन्दा ५०० ट्रिलियन गुणा बढी चम्किलो रहेको जनाइएको छ ।

विशाल ब्ल्याक होलले आफ्नो ‘इभेन्ट होराइजन’नजिक आएका सबै वस्तु निलिरहेको समाचारमा उल्लेख छ । वैज्ञानिकले यो अहिलेसम्म नदेखेको गतिमा भइरहेको बताएका छन् ।

खगोलविद्ले यो ब्ल्याक होलले प्रत्येक वर्ष ३७० सूर्यबराबरको पिण्ड आफूमा समाहित गरिरहेको अनुमान गरेका छन् ।

अस्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयू)का खगोलशास्त्री एवं खोजका प्रमुख लेखक क्रिस्चियन वुल्फले यो ब्ल्याक होल हालसम्म थाहा भएमध्येको चम्किलो वस्तु भएको बताएका छन् । यसले दैनिक एक सूर्यबराबरको पिण्ड खाइरहेको उनको भनाइ छ ।

यो ब्ल्याक होल पृथ्वीबाट १२ अर्ब वर्षभन्दा बढी टाढा रहेको वैज्ञानिकले बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro