site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पदाधिकारी बैठक चलिरहँदा खड्कालाई लिएर बालुवाटार पुगे देउवा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक चलिरहँदा पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का बालुवाटार पुगेका छन् ।

बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक जारी रहँदा सभापति देउवा खड्कालाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

उनीहरू बालुवाटारमा करिब आधा घण्टा बसेर फर्किएको कांग्रेस स्रोतले जनाएको छ । तर, बालुवाटार भेटबारे उनीहरूले ब्रिफिङ गरेका छैनन् ।

कांग्रेस महासमिति बैठकमा महामन्त्री गगन थापाले चुनावी गठबन्धन गर्न नहुने प्रस्ताव ल्याएका छन् । तर, सभापति देउवालाई थापाको प्रस्ताव चित्त बुझेको छैन । उनले चुनावताका नै निर्णय हुने भएकाले अहिले नै महासमितिबाट निर्णय गर्न आवश्यक नभएको तर्क गरिरहेका छन् ।

पदाधिकारी बैठकमा थापाकै प्रस्तावमा छलफल भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  २१:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro