site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘लन्डन टु पेरिस’को २० प्रतिशत छायांकन पनि सकियो

काठमाडौं । घनश्याम लामिछाने निर्देशित ‘लन्डन टु पेरिस’ सिनेमाको छायांकन सकिएको छ । कोरोनालगत्तै छायांकनमा गएको सिनेमाको प्राविधिक कारणले २० प्रतिशत सुटिङ बाँकी थियो । चलचित्रको अहिलेको छायांकन सकिएसँगै धमाधम मुम्बईमा सम्पादनको काम चलिरहेको जानकारी निर्देशक घनश्याम लामिछानेले दिएका छन् ।

निर्देशक लामिछानेका अनुसार आफ्नो छायांकन सकेर अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यू अभिनेता निश्चल खड्का भारतको मुम्बईबाट नेपाल फर्किसकेका छन् । सिनेमाको सम्पादन सकिएपछि रिलिज डेट घोषणा गर्ने तयारी रहेको निर्देशक लामिछानेले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

सिनेमाको पहिला खिचेको भागको डबिङ र कलर समेत भइसकेको छ । गरिमा शर्मा र कबीर खड्का पनि मुख्य भूमिका रहेको ट्राभल लभस्टोरीको कथामा निर्माण हुन लागेको सिनेमाको सम्पूर्ण छायांकन बेलायतमा गरिएको छ । निश्चल र गरिमा यही सिनेमाबाट डेब्यु गर्दै छन् ।

चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । सिनेमाको निर्मातामा अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल र सह–निर्मातामा अजित सिंह छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १०:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro