site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
डीसी चार्जिङ स्टेसनको मर्मत सम्भार र सफ्टवेयर अपग्रेड गर्दै एमजी

काठमाडौं । एमजी (मोरिस ग्यारेज) मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले देशभरका चार्जिङ स्टेसन मर्मतसम्भार एवं सफ्टवयर अपग्रेड गर्ने भएको छ ।

कम्पनीले फागुन ७ गतेदेखि मर्मत एवं सफ्टवेयर अपग्रेड गर्ने क्रममा ३० किलोवाट क्षमताका चार्जिङ स्टेसनमा सेवा अवरुद्ध रहने बताएको छ ।

Dabur Nepal
NIC Asia

मर्मत, अपग्रेड र नयाँ सफ्टवेयर स्थापना गर्ने प्रक्रिया पूरा हुन १५ दिन लाग्ने कम्पनीले जनाएको छ ।

यो समयमा ३० किलोबाट डीसी चार्जिङ स्टेसन अस्थायी रूपमा उपलब्ध नहुने कम्पनीले एक विज्ञप्ति जारी गर्दै बताएको हो ।

यसबाट ग्राहकमा पर्न जाने असहजता एवं असुविधाका लागि कम्पनीले क्षमा मागेको छ । यस अवधिमा वैकल्पिक चार्जिङ स्टेसनको प्रयोग गर्न कम्पनीले अनुरोध गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  २३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro