site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरी अनुसन्धानमा प्रभावकारी बन्दै सीसीटीभी, देशभर कहाँ कति जडान ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । गत भदौ २९ गते राति काठमाडौं तीनकुनेस्थित दिव्य सः मिलमा चार जनाको धारिलो हतियार प्रहार गरी हत्या भयो । हत्यामा संलग्न अभियुक्त खोजी गर्न सीसीटीभीले सघायो । सडक पोलमा राखिएका सीसीटीभीको मनिटरिङबाट अभियुक्तहरूको हुलिया खुल्यो । त्यसैका आधारमा उनीहरूलाई नियन्त्रणमा लिन प्रहरी सफल भयो ।

यसैगरी, गत पुस १७ गते दिउँसो दहचोकदेखि कालीमाटी आउने क्रममा एकजना व्यक्तिको १ लाख ३० हजार रुपैयाँ भएको झोला हरायो । सीसीटीभी मनिटरिङबाट उक्त झोला बा. ६३ प ९८२७ नम्बरको स्कुटर चालकले कलंकी चोकबाट टिपेको देखियो । चालकसँगको समन्वयमा उक्त नगद पीडितलाई बुझाउन प्रहरी सफल भयो ।

यी केही प्रतिनिधि घटनाहरू हुन् । यसरी हुने दैनिक घटनाहरूको निगरानी तथा घटिसकेका घटनाहरूको फुटेज पहिचान गरी विश्लेषणबाट अनुसन्धानमा सहयोग पुग्ने गरेको नेपाल प्रहरीको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“समाजमा शान्ति सुरक्षा कायम गर्न, सवारी दुर्घटना न्यूनीकरण तथा दुर्घटना भएमा संलग्नलाई पहिचान तथा कारबाही गर्न सीसीटीभी प्रभावकारी माध्यम हो । यसले चोरी डकैतीलगायतका आपराधिक क्रियाकलाप न्यूनीकरण तथा नियन्त्रण गर्न र प्रहरी परिचालनलाई सहज तथा प्रभावकारी बनाउन मद्द गर्छ । त्यसैले प्रहरी संगठनले सीसीटीभी प्रयोगलाई उच्च प्राथमिकतामा राखेको छ,” नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले भने ।

उनका अनुसार सीसीटीभी मनिटरिङ कक्षबाट दैनिक ट्राफिक चापको व्यवस्थापनका साथै जुलुस, सभा र सम्मेलनमा तथा हुलदङ्गा गर्ने समूहलाई निगरानी गर्ने काम पनि भइरहेको छ ।

Global Ime bank

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो साता महिनाको (साउनदेखि माघसम्म) अवधिमा देशभर एकहजार २९५ वटा थप सीसीटीभी जडान गरिएको उनले जानकारी दिए ।

तीमध्ये काठमाडौं उपत्यका प्रहरी कार्यालयअन्तर्गत २६१ वटा, कोसी प्रदेश प्रहरी कार्यालय अन्तर्गत ३९० वटा, मधेस प्रदेश प्रहरी कार्यालयअन्तर्गत ७० वटा, वाग्मती प्रदेश प्रहरी कार्यालयअन्तर्गत १२६ वटा, गण्डकी प्रदेश प्रहरी कार्यालयअन्तर्गत १६२ वटा, लुम्बिनी प्रदेश प्रहरी कार्यालयअन्तर्गत १०३ वटा, कर्णाली प्रदेश प्रहरी कार्यालयअन्तर्गत ९४ वटा र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गत ८९ वटा जडान भएका छन् । 

जडान गरिएकामध्ये विभिन्न संघसंस्थाबाट एकहजार ११४ वटा र प्रहरी कार्यालयबाट १८१ वटा जडान भएका हुन् । 

हालसम्म देशभर नेपाल प्रहरीले मनिटर गर्ने सीसीटीभी १३ हजार ६७५ वटा रहेका छन् । तीमध्ये काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्तर्गत तीन हजार ९९३ वटा, कोसी प्रदेश प्रहरी कार्यालय अन्तर्गत दुईहजार ४५८ वटा, मधेस प्रदेश प्रहरी कार्यालयअन्तर्गत एक हजार ५३२ वटा, वाग्मती प्रदेश प्रहरी कार्यालयअन्तर्गत एक हजार ३६८ वटा, गण्डकी प्रदेश प्रहरी कार्यालयअन्तर्गत एक हजार ६५१ वटा, लुम्बिनी प्रदेश प्रहरी कार्यालयअन्तर्गत एक हजार ४१० वटा, कर्णाली प्रदेश प्रहरी कार्यालयअन्तर्गत ४४८ वटा र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गत ८१५ वटा छन् ।

सीसीटीभी क्यामेराको प्रयोगले मुख्य–मुख्य सडकहरू र महत्त्वपूर्ण स्थानहरूमा अपराध अनुसन्धान, नियन्त्रण, न्यूनीकरण तथा रोकथामका साथै ट्राफिक व्यवस्थापन, विभिन्न प्रकारका आपराधिक तथा गैरकानुनी कार्यलाई नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यसको प्रभावकारिता बढ्दै गएको भनाइ प्रहरीको छ ।

प्रहरी नायव महानिरीक्षक ढकाल भन्छन्, “शान्ति सुरक्षा कायम, अपराध नियन्त्रणलगायत सुशासनसँग सम्बन्धित विषयमा प्रभावकारी काम गर्न सूचना तथा सञ्चार प्रविधि सरल माध्यम हो । यस प्रणालीलाई प्रभावकारी बनाई सोको उपयोगबाट गुणात्मक नतिजा हासिल गर्न सीसीटीभी क्यामेराको भूमिका महत्त्वपूर्ण छ । क्यामेरा अकाट्य प्रमाण भएकोले घटनासँग सम्बन्धित मानिस उम्किन पाउँदैन ।”

चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट सवारी दुर्घटना, समान छुटेको/हराएको, चोरी, लुटपाट, सवारी साधन हराएको, मानिस हराएकोलगायत अन्य विभिन्न घटनाहरूमा कुल एकहजार २९७ फुटेज माग भएकोमा ५८१ फुटेजहरू उपलब्ध गराइएको छ ।

सोही फुटेजहरूको आधारमा ४०९ वटा घटना अनुसन्धान गरी निचोडमा पुग्न प्रहरी सफल भएको छ । सो अवधिमा काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गरी फरार १४ हजार ६३३ जना र ट्राफिक सपोर्ट कारबाहीमा २५ हजार ६३६ जना गरी ४० हजार २६९ जनालाई सीसीटीभीकै आधारमा पहिचान तथा फलोअप गरी कारबाहीको दायरामा ल्याउन प्रहरी सफल भएको छ । 

“आधुनिक प्रविधिको प्रयोग गर्दै २४ घण्टा सीसीटीभीको माध्यमले मनिटरिङ गरी परिणाममुखी एवं प्रमाणमुखी प्रहरी कार्यलाई थप व्यवस्थित बनाउन निरन्तर लागिरहेका छौँ,” सीसीटीभी मोनिटरिङका सम्बन्धमा उपत्यका प्रहरी कार्यालय रानीपोखरी सञ्चार तथा सीसीटीभी शाखाका प्रमुख प्रहरी उपरीक्षक दामोदर कँडेलले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  २१:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय