site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
सामसङ ग्यालेक्सी ए१५ नेपालमा सार्वजनिक : यस्तो छ मूल्य र फिचर

काठमाडौं । सामसङले नेपालमा सन् २०२४ को नयाँ फोनका रूपमा ग्यालेक्सी ए१५ फाइभजी सार्वजनिक गरेको छ ।

ग्यालेक्सी ए१५ फाइभजीमा एफएचडीप्लस रेजोल्युसन र ६.५ इन्चको अमोलेड इन्फिनिटी–यू डिस्प्ले छ ।

रिफ्रेस रेट ९० हर्ज रहेको फोनमा अत्याधुनिक मिडिया टेक डाइमेन्सिटी ६१००प्लस चिपसेट छ ।

मल्टिटास्किङ र गेमिङका निम्ति बनाइएको भनिएको फोनमा फाइभजीका लागि अक्टा–कोर प्रोसेसर रहेको कम्पनीले जनाएको छ ।

ग्यालेक्सी ए१५ फाइभजीमा पछाडि ५० मेगापिक्सेलको वाइड–एंगल क्यामेरा, ५ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेरा छ । फोनमा १३ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको कम्पनीले जनाएको छ ।

एन्ड्रोइड १४ मा चल्ने फोनमा वन यूआई ६.० छ । डिभाइसले चार वर्षको ओएस अपडेट र पाँच वर्षको सुरक्षा अपडेट प्रदान गर्ने सामसङ नेपालले जनाएको छ ।

फोनले टुजीदेखि फाइभजी नेटवर्क सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।

फोन तीन भेरियन्टमा उपलब्ध छ । ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज रहेको प्रतिफोनको मूल्य २७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

यस्तै, ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेजमा उपलब्ध प्रतिफोनको मूल्य २९ हजार ९९९ रुपैयाँ र ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज क्षमताको भेरियन्टको मूल्य ३३ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro