site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसको महासमिति बैठकमा हिन्दु राज्यको विषय उठाउन लागिएको भन्दै आपत्ति

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा हिन्दु राज्यको विषय उठान गर्ने तयारी भएको भन्दै पार्टीका भ्रातृ संस्थाहरूले आपत्ति जनाएका छन् ।

आदिवासी जनजाति विभाग, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ र नेपाल मुस्लिम संघले आज एक संयुक्त विज्ञप्तिमार्फत पार्टीभित्र र बाहिर विभिन्न अभियानका नाममा संविधान र पार्टीको नीति, सिद्धान्त र विचारविपरीतका गतिविधिहरू भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

“नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त भएका उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने समयमा प्रतिगमन गर्न खोज्नु पार्टी, जनता र मुलुककै लागि दुर्भाग्य हो,” विज्ञप्तिमा लेखिएको छ, “नेपाली कांग्रेसको यस ऐतिहासिक महासमिति बैठक, २०८० मा संविधान एवम् पार्टीको नीति, विचार र सिद्धान्तविपरीत हुने गरी कुनै निर्णय नगर्न नेतृत्वको गम्भीर ध्यानाकर्षण गराइन्छ ।”

NC-(2)-1708263240.png
 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro