site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बैंकहरूका विषयमा फैलाएका भ्रामक र तथ्यहीन विषयमा विश्वास नगर्न सिबिफिनको आग्रह

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले केही व्यक्ति तथा समूहले भ्रम फैलाएको भन्दै त्यसलाई सत्य नठान्न आग्रह गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै सिबिफिनले मुलुकको समग्र अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका बैंक तथा वित्तीय संस्थाबारे केही समूहले भ्रम फैलाएको र त्यसमा कुनै सत्यता नभएको जनाएको छ ।

“लाखौँ ग्राहकलाई अन्तर्राष्ट्रियस्तरको बैंकिङ सेवा प्रवाह गरिरहेका बैंक तथा वित्तीय संस्थाहरूको विरुद्धमा विगत केही दिनदेखि केही व्यक्ति/समूहबाट बैंक तथा वित्तीय संस्थाहरूको साख, गरिमा, विश्वसनीयतामा ठेस पुग्ने गरी विभिन्न अफवाह फैलाउने र आशंका एवं अविश्वास बढाउने खालका समाचारहरू सम्प्रेषण गर्नेे कार्यहरूप्रति यस बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा उल्लेख छ ।

Argakhachi Cement Island Ad

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनबमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको पाँच लाख रुपैयाँसम्मको निक्षेप सरकारद्वारा स्थापित ‘निक्षेप तथा कर्जा सुरक्षण कोष’मार्फत सुरक्षण गरिएको पनि जनाइएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको मुख्य वित्तीय परिसूचक स्वस्थ एवं सबल रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १८:११
प्रतिक्रिया दिनुहोस्