site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने अनेरास्ववियुको निर्णय

काठमाडौं । नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुले गठबन्धन सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।

यही फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा बसेको तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो । अनेरास्ववियुले सरकारले विभिन्न प्रकरणमा संलग्नलाई जोगाउने, माफियालाई पोस्ने काम गरेको भन्दै चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।

यस्तै, विद्यालय शिक्षासम्बन्धी विधेयक सुझावसहित पारित गर्न माग गरिएको छ । संगठनले विधानबमोजिम केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनीत गर्दा ३० वर्षसम्मको उमेर समूहको मापदण्डलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न पनि माग गरिएको छ ।

पत्रकार सम्मेलनमा अनेरास्ववियुका अध्यक्ष समिक बडालले सरकारनिकट विद्यार्थी संगठनहरूले कानुन हातमा लिएर अराजकता मच्चाउँदा पनि सरकार मूकदर्शक बनेको आरोप लगाए ।

शिक्षा क्षेत्रमा प्रभावकारी भूमिका खेल्न सरकारको ध्यानाकर्षण गराउने र यसका निम्ति सडकमा जाने निर्णय भएको उनले बताए ।

अनेरास्ववियुले अखिल पाठशाला कार्यक्रम सञ्चालन, स्ववियु कप राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने, कर्णाली प्रदेशसहित दुर्गम क्षेत्रमा हवाई भाडामा ३३ प्रतिशत विद्यार्थी छुटका निम्ति सरकारलाई दबाब दिनेलगायत निर्णय गरेको छ । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro