site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कीर्तिपुरमा जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा काठमाडौंको कीर्तिपुरमा २३ जना पक्राउ परेका छन् । 

कीर्तिपुर नगरपलिका–६ बस्ने ३८ वर्षीय मनिकराम महर्जनको टहरामा जुवातास खेलिरहेको अवस्थामा महर्जन समेत १५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ५९९ रूपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको हो । 

यसैगरी कीर्तिपुर नगरपालिका–१, अमृतनगर बस्ने ५१ वर्षीय भक्तबहादुर राईको टहरामा जुवातास खेलिरहेको अवस्थामा राई समेत आठजनालाई शनिबार दिउँसो पक्राउ गरिएको हो । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले उनीहरूलाई नगद ४५ हजार रूपैयाँ र ९ बुक ताससहित पक्राउ गरेको जनाइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १३:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro