site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘गेम चेन्जर’ आयोजना तर्जुमा गर्ने दिशामा सरकारले छलफल सुरु गरेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटमा कर्णाली प्रदेशले न्याय पाउने केही थप ‘गेम चेन्जर’ आयोजना तर्जुमा गर्ने दिशामा सरकारले छलफल सुरु गरेको जानकारी गराएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नको जवाफ दिने क्रममा उनले जुम्ला विमानस्थलको रनवे विस्तारका निम्ति जग्गा अधिग्रहणलगायत स्तरोन्नतिको कार्य समेत अगाडि बढाइएको बताए ।

नेपालको राजनीतिक परिवर्तनमा कर्णालीको योगदान तथा यसले लामो समयसम्म केन्द्रीय एकात्मक राज्यसत्ताबाट व्यहोरेको उपेक्षा र विभेदबारे सरकार जानकार रहेको उनले उल्लेख गरे ।

उनले कर्णाली क्षेत्रमा जलस्रोतको अपार सम्भावना रहेको तथ्यलाई आत्मसात् गर्दै त्यहाँको जलविद्युत्मा निजी क्षेत्र तथा सरकारको लगानी अगाडि बढाउने प्रयासस्वरूप लम्की–फुकोट ४०० केभी प्रसारणलाइन हाल निर्माणको चरणमा रहेको बताए ।

“भेरी करिडोरमा उच्च क्षमताका प्रसारणलाइन तथा फुकोट–हुम्ला उच्च क्षमताको विद्युत् प्रसारणलाइन निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “१०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ । ४१८ मेगावाट क्षमताको कर्णाली–फुकोट, १,०९२ मेगावाट क्षमताको मुगु–कर्णाली सरकारी कम्पनीमार्फत अगाडि बढाइएको छ ।”

नाप्चा–गमगढी–नाक्चेलाग्ना सडकका लागि पनि चालु आर्थिक वर्षमा उच्च प्राथमिकतामा बजेट विनियोजन गरिएको बताए । कर्णाली राजमार्ग र प्रदेशका अरू राजमार्गमा समेत सडक सुरक्षाको प्रबन्ध गरी ‘रोड क्रस ब्यारिएर’ राख्ने काम भएको उनले सुनाए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro