site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै छ । आज बिहान ११ बजे बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको छ । सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूचीमा रहेको छ ।

त्यस्तै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बधी पत्र पढेर सुनाउने कार्यक्रम छ ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  ०६:०४
प्रतिक्रिया दिनुहोस्