site stats
बाह्रखरी :: Baahrakhari
कला
पूजा र कुन्साङको साथमा ‘दान्भी’को छायांकन कालिम्पोङमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘दान्भी’को छायांकन भारतको कालिम्पोङमा भइरहेको छ । रुपेश तामाङको निर्देशनमा तयार भइरहेको चलचित्रको तेस्रो सेड्युलको छायांकन भारतमा भइरहेको हो । 

टिजर सार्वजनिक गरिसकेको सिनेमाको पहिलो हाफको दृश्यको छायांकन कालिम्पोङमा भइरहेको हो । छायांकनमा मुख्य कलाकारहरू पूजा शर्मा, कुन्साङ बोमजोमले अभिनय गरिरहेका छन् । 

Argakhachi Cement Island Ad

चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन । चलचित्रमा पूजा र कुन्साङको साथमा फिल्म ‘पर्खी बसेँ तिमीलाई’का मुख्य नायक किरण श्रेष्ठको पनि अभिनय छ ।

चलचित्रमा देव मगर र अनुप गडालको लगानी छ । चलचित्रका कार्यकारी निर्माता पवन राना मगर हुन् । 
 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ११:५२
प्रतिक्रिया दिनुहोस्