
काठमाडौं । इन्डोनेसियाका रक्षामन्त्री प्राबोवो सुब्यान्टोले राष्ट्रपतिको निर्वाचनमा आफ्नो जित भएको घोषणा गरेका छन् । निर्वाचनको अनौपचारिक नतिजाअनुसार उनले प्रतिद्वन्द्वीभन्दा अग्रता लिएर विजयी भएको घोषणा गरेका हुन् ।
मतदान सकिएपछि आफ्ना समर्थकसँग उनले ‘यो जित सबै इन्डोनेसियालीको’ भनेका छन् । सर्वेक्षणानुसार उनले प्रतिद्वन्द्वीभन्दा ५७ प्रतिशत बढी मत पाएका छन् ।
इन्डोनेसियाका पूर्वराष्ट्रपति सुहार्तोको कार्यकालमा ७२ वर्षीय प्राबोवो विशेष ‘कमान्डर’ थिए ।
राष्ट्रपतिका निम्ति प्रबोवोसँगै जाकार्ताका पूर्वगभर्नर एवं शिक्षाविद् एनीस बास्वेदन र सेन्ट्रल जाभाका पूर्वगभर्नर गन्जर प्रनोवो प्रतिस्पर्धामा थिए । बिहीबार भएको निर्वाचनमा २० करोडभन्दा बढी मतदाता थिए । अलजजिराबाट ।