site stats
बाह्रखरी :: Baahrakhari
देश
‘महिला प्रयोग गरेर’ काठमाडौंदेखि पोखरासम्म ठगी धन्दा

काठमाडौं । पोखरा सृजना चोकमा रहेको वीरेन्द्र सुनारको सुन पसलमा गतवर्ष एक जना ग्राहक छिरे । भर्खरका युवा सामान्य देखिने ती ग्राहकले वीरेन्द्रलाई विभिन्न थरीका १० लाख बराबरको गहना चाहिएकाले हेर्न पसलमा पुगेको बताएका थिए ।

सुरुमा वीरेन्द्रलाई लागेको गियो– एक्कैपटक यतिधेरै मूल्यको रेडिमेड गहना के खरिद गर्थे र ! गफ नै त होला ।  तै पनि उनले ती ग्राहकलाई पसलभित्रका गहनाहरु देखाउँदै भने– गहनाहरु यिनै हुन् । मन परेपछि सुनबाहेक ज्याला र जर्तीमा मिलाएर दिउँला ।

ग्राहक थिए– काभ्रे भुम्लु गाउँपालिका–३ का ३३ वर्षीय कुमार थापा ।  उनले वीरेन्द्रको पसलमा राखिएका विभिन्न मोडलका महिलाले लगाउने १० लाख रुपैयाँ बराबरका गरगहना छानेर काउन्टरमै ल्याए । 

वीरेन्द्रले सुरुवातमा उनीप्रति बनाएका धारणाले फेल खायो । कुमारले १० लाख बराबरको सुनका गहना खरिद गरेर निस्किए । वीरेन्द्र दंग परे । त्यसको केही समयपछि नै फेरि कुमार वीरेन्द्रको पसलमा पुनः छिरे । 

वीरेन्द्रलाई कुमार दास्रोपटक छिर्दा भने उनी ठूलो कारोबार गर्ने युवा होलान् भन्ने लागिसकेको थियो । त्यो बेलासमेत कुमारले वीरेन्द्रको पसलबाट २० लाख रुपैयाँ बराबरको सुनका गरगहना खरिद गरेर फर्किए । 

Global Ime bank

दोस्रोपटक पसलमा छिरेका कुमारलाई त्यो बेला भने वीरेन्द्रले सोधिहाले, “सर यस्तो रेडिमेड गहना तपाईं घरकै लागि खरिद गुर्नहुन्छ कि केही अन्य प्रयोजनका लागि ?”

कुमारले सहज जवाफ दिए, “म गहनाहरु नेपाल बाहिर पठाउँछु । राम्रै हुन्छ अलिअलि फाइदा पनि हुन्छ ।” वीरेन्द्रले उनका कुरा नपत्याउनु पर्ने कारण पनि थिएन । कुमार फेरि तेस्रोपटक पनि वीरेन्द्रकै सुन पसलमा छिरे । 

तेस्रोपटक छिरेका कुमारले वीरेन्द्रको पसलबाट ५० लाख रुपैयाँ बराबरका गहनाहरु उठाए । त्यो बेला कुमारले वीरेन्द्रलाई ‘अकाउन्ट पे’ चेक दिए । वीरेन्द्रको खातामा रकम जम्मा भयो । वीरेन्द्रसँग त्यो बेलासम्म कुमार नजिक भइसकेका थिए ।

...अनि फरार भए

कुमार त्यस्तैगरी चौथोपटक पनि वीरेन्द्रको पसलमा छिरे । त्यो बेला कुमारले एक करोड ८० लाखको गहनाको डिमाण्ड आएकाले म्यानेज गरिदिन आग्रह गरे । तीन पटकसम्म ठूलै कारोबार गरेका कुमारमाथि वीरेन्द्रले शंका गर्ने ठाउँ थिएन । उनले आफ्नो पसल र बाँकी सँगै रहेका अन्य सुन पसलबाटसमेत गहना खोजेर कुमारलाई उपलब्ध गराए ।

त्यो बराबर वीरेन्द्रलाइ पनि राम्रै फाइदा हुन्थ्यो । कुमारले एक करोड ८० लाखको चेक वीरेन्द्रलाई दिए । एक करोड ८० लाखको चेक बोकेर साट्न बैंक पुगेका वीरेन्द्र बंैकले खातामा रकम नभएको जवाफ दिएपछि भने छाँगाबाट खसेजस्तै भए । 

वीरेन्द्र हतारहतार कुमारले दिएको मोबाइल नम्बरमा फोन हाने । तर मोबाइल अफ भइसकेको थियो । 

वीरेन्द्रको भोक र निद हरायो । कुमारको खोजीमा पोखरादेखि काठमाडौंसम्मै सयौंपटक धाए । कहीँ फेला पारेनन् । कुमारले दिएको चेक बाउन्स गरेर प्रहरीकहाँ पुगे । मुद्दा अदालत पुग्यो । तर, उनी पक्राउ परेनन् ।

जिल्ला अदालत कास्कीले दुई करोड रुपैयाँ बिगो र सोहीअनुसारको जरिबानासहितको आदेश गर्‍यो । तर, उनी फरार भए । आइतबार भने कुमारलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।

अनि ठगी धन्दा चलाएको रहस्य खुल्यो

काभ्रेका कुमार ठगी गर्नकै लागि पोखरा पुगेका थिए । पोखरा महानगर–३० ढुङ्गेपाटनमा बसेर उनले ठगी धन्दा चलाएका थिए । वीरेन्द्रलाई ठगीपछि भने कुमार पोखरा छाडेर काठमाडौं फर्किए । 

पोखरा प्रहरीको सूचनापछि कुमारको खोजीमा उपत्यका प्रहरी कार्यालयका डीएसपी गोविन्द पन्थी नेतृत्वको समूह उनको खोजीमा लागेको थियो ।

पन्थीकै टोलीले उनलाई आइतबार भक्तपुरबाट पक्राउ गरेको हो । अनुसन्धानमा खटिएका पन्थीले कुमारलाई पक्राउ गरेपछि भने उनीमाथि थप केरकार गरे । उनको मोबाइल बरामद ग¥यो । कुमारसँग निकट रहेका व्यक्तिमाथिसमेत सोधपुछ गरे । अनुसन्धानका क्रममा कुमार ‘ठग’ रहेको तथ्य खुलाएको हो ।

उनले ठगी धन्दा चलाउन स्याङजा पुतली बजारकी ४२ वर्षीया मिना दमाईलाईसमेत प्रयोग गर्ने गरेको खुलेको हो । उनीबाहेक कुमारले सिन्धुलीका ४३ वर्षीय रविनकुमार थापा र सप्तरीका दिलिप कुमार लाभसहितको समूह नै बनाएर ठगी गर्ने गरेको तथ्य डीएसपी पन्थी नेतृत्वको टोलीले खुलाएको हो ।

कुमार पक्राउ पछि दमाइ समेतलाई सोधपुछका लागि पक्राउ गरेको प्रहरीले उनीहरुको ठगी धन्दाको पर्दाफास गरेको हो ।  अनुसन्धानका लागि पक्राउ गरेका दमाईसहित रविन र दिलिपको नाममा विभिन्न जिल्लामा ठगीको धन्दा चलाइको तथ्य खुलेको डिएसपी पन्थीले बताए ।

“हामीलाई कुमार पक्राउ गर्नेमात्रै अनुमति थियो । तर, कुमारसँगको बयानपछि थप मानिसको संलग्नता देखियो । शंस्कास्पद मीना दमाईसहितका आपराधिक रेकर्ड छ कि छैन भनेर हेर्दा त हामी चकित पर्‍यौँ,” डीएसपी पन्थीले भने ।

उनका अनुसार मीना दमाईमाथि बैंकिङ कसुर तथा ठगी अरोपमै कास्की अदालतले तीन करोड ६५ लाख ५९ हजार बिगो तोकेको खुलेको हो ।  त्यस्तै थप ९ वटा ठगी मुद्दामा फरार देखिएको छ । त्यस्तै रविनविरुद्ध काठमाडौं जिल्ला अदालतले दुई करोड ६० लाख र अन्य सातवटा मुद्दामा फरार रहेको खुलेको हो । 

त्यसरी नै दिलिपविरुद्ध जिल्ला अदालत सप्तरीले ११ लाख रुपैयाँ बिगो तोकेको खुलेको हो ।  प्रहरीकाअनुसार उनीहरुले पोखरा, काठमाडौं चितवनलगायतका ठाउँमा ठगी गर्न गिरोह नै खडा गरेको खुलेको हो ।  ठगी गर्ने गिरोहका मूख्य नाइके कुमार थापा र उनका सहयोगी भएर मीना दमाइले काम गर्ने गरेको प्रहरीको दाबी छ ।

मीनासँग अवैध सम्बन्धसमेत जोडेर कुमारले उनलाई विभिन्न ठगी धन्दामा प्रयोग गर्ने गरेको खुलेको प्रहरीले अनुसन्धानका क्रममा पाइएको जनाएको छ ।

पक्राउ परेका चारजनामध्ये कुमार र मीनालाई पोखरा तथा रविन थापालाई काठमाडौं जिल्ला अदालत पठाइएको छ । उनीहरुले ठगी गरेको रकमले कार खरिद र विलाशी जीवन बिताउने गरेको देखिएको प्रहरीले जनाएको छ ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ०९:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu