site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
चलचित्र ‘कार्साङ’बाट डेब्यु गर्दै सिर्जना

काठमाडौं । चलचित्र ‘कार्साङ’बाट नव–नायिकाको रूपमा सिर्जना  निङ्लेकुले डेब्यु गर्ने भएकी छन् । मुख्य कलाकारका रूपमा दयाहाङ राई, बुद्धि तामाङ, शिल्पा मास्के, सुरक्षा पन्त रहेका छन् । 

चलचित्रमा दीया मास्के, माओत्से गुरुङ, पुष्कर गुरुङ र छिरिङ शेर्पा सम्राट क्षेत्री छुकी शेर्पा र कर्मा शेर्पाको पनि अभिनय रहनेछ ।

Dabur Nepal
NIC Asia

यम शेर्पाको डेब्यु निर्देशन रहेको चलचित्रमा उनकै कथा, पटकथा तथा संवाद छ । 

यसैबीच, सरस्वती पूजाको अवसर पारेर निर्माण पक्षले स्क्रिप्ट पूजा गरेको छ । फिल्मको छायांकन मिति नजिकिएसँगै बौद्ध भिक्षुहरूबाट पूजा गराइएको हो ।

गोविन्द बोहोरा निर्माता रहेको फिल्म ‘कार्साङ’ शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुने बताइएको छ ।

पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्मको केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायांकन  गरिने निमार्णपक्षले बताएको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ०७:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro