देश

काठमाडौं । बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतका अधिकृत गोपाल गजमेर पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उनलाई पक्राउ गरेको हो ।
महिलामाथि बलात्कार गरेको उजुरी परेपछि गजमेर पक्राउ परेका हुन् । परिसरका एसपी नवराज कार्कीका अनुसार माघ २९ मा उनीविरुद्ध बलात्कारको उजुरी परेपछि उनी पक्राउ परेका हुन् ।
यसअघि गजमेर उच्च अदालत पाटनमा कार्यरत थिए । उच्च अदालत पाटकमै कार्यरत महिलालाई बलात्कार गरेको उजुरी परेको थियो । पक्राउ परेका गजमेरमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २, २०८० १६:४६
प्रतिक्रिया दिनुहोस्