site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पूर्वप्रशिक्षक दासानायकेको नजरमा नेपाली टिम 

काठमाडौं । श्रीलंकाका पूर्वअलराउन्डर पुबुदु दासानायके नेपाली क्रिकेट पछ्याउनेहरूका लागि बिर्सनै नसकिने नाम हो । ५३ वर्षीय दासानायके दुई पटक नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक बने । उनैको प्रशिक्षणमा नेपाली क्रिकेटले पहिलो पटक विश्वकपको मञ्चमा राष्ट्रिय झन्डा फहराउँदै चुनौती प्रस्तुत गरेको थियो । 

सन् २०१४ मा बंगलादेशमा भएको ट्वान्टी–२० विश्वकप खेल्दा नेपाली टिम दासानायकेकै प्रशिक्षणमा थियो । सन् २०११ मा नेपाली टिमको मुख्य प्रशिक्षक बनेका दासानायकेले त्यसको चार वर्षपछि जिम्मेवारी छोडे ।

यसको ६ वर्षपछि दासानायके पुनः नेपाली टिमको मुख्य प्रशिक्षकको भूमिकामा आए । तर, दासानायके र नेपाली टिमबीचको दोस्रो सहकार्य भने उल्लेखनीय बन्न सकेन । २०२१ डिसेम्बरमा मुख्य प्रशिक्षक बनेका दासानायकेले २०२२ जुलाईमा व्यक्तिगत कारण देखाउँदै जिम्मेवारी त्यागे ।

Dabur Nepal
NIC Asia

dasanayake-1707903297.jpg
लगत्तै उनी क्यानडा क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भए । त्यसयता दासानायकेले क्यानडा क्रिकेटलाई हेर्दै आइरहेका छन् ।

उनै दासानायकेको प्रशिक्षणमा रहेको क्यानडाले घरेलु टिमसँग तीन खेलको एकदिवसीय शृंखलाका लागि करिब एक साता नेपालमा बितायो । सोमबार सम्पन्न अन्तिम खेलमा नौ विकेटको सहज जित निकालेपछि पूर्वप्रशिक्षक दासानायकेको टोलीविरुद्धको शृंखला नेपालले ३–० ले ‘क्लिन स्विप’ गर्यो ।

नेपाली क्रिकेटलाई नजिकबाट बुझेका दासानायकेले अन्तिम खेलपछि नेपाली टिम र क्षमताको खुलेर प्रशंसा गर्न संकोच मानेनन् । उनले नेपाली टिमले गरिरहेको प्रगतिमा आफू निक्कै खुसी रहेको प्रतिकृया दिए ।

“नेपाली टिमले यसरी खेलेको देख्दा खुसी छु,” दासानायकेले भने, “विशेषगरी भीमले म यहाँ हुँदै सुरु गरेका हुन् । त्यसबेला युवा ट्यालेन्ट भए पनि परिपक्वता थिएन । तर, अहिले त्यो पनि आएको छ । अनिलले पनि आफ्नो क्षमता देखाए । उनीहरूले आक्रामक सुरुआत गरे, मध्यक्रम सम्हाले र खेलको अन्त्य गरे ।”

nepal-1-1707903373.jpg
दासानायकेको पहिलो कार्यकालका दौरान नेपाली टिम पारस खड्काको कप्तानीमा थियो । श्रीलंकन प्रशिक्षकले पहिलो कार्यकाल टुंग्याएको ६ वर्षपछि पारसले २०२१ अगस्टमा नेपाली टिमबाट सन्यासको घोषणा गरे । दासानायके नेपाली टिमको प्रशिक्षकमा पुनः नियुक्त हुनुभन्दा चार महिना अघिमात्र पारसले क्रिकेटबाट सन्यास लिएका थिए । दोस्रो कार्यकालका दौरान टिममा पारसको अभाव खेपेका दासानायकेले युवा ब्याटर देव खनालसँग पारसको जस्तै क्षमता देख्छन् ।

“म यहाँ हुँदा देवलाई सँधै उत्कृष्टमध्येका एकका रूपमा लिन्थे । उनी नेपालको भविष्य हुन् । ब्याटिङमा उनी पारसजस्तै छन् । नेपालका लागि उनी अथाह प्रतिभा हुन्,” दासानायकेले भने ।

दोस्रो पटक नेपालको प्रशिक्षक बनेको सात महिनापछि नै दासानायकेले राजीनामा बुझाएका थिए । यसपछि नेपालले भारतका पूर्वक्रिकेटर मनोज प्रभाकरलाई यो जिम्मेवारी सुम्पिएको थियो । तर, प्रभाकरको कार्यकाल पनि लामो समय टिक्न सकेन । प्रभाकर पनि जिम्मेवारीमा आएको चार महिनापछि नै राजीनामा बुझाएर हिँडे । यसपछि नेपालले भारतकै मोन्टी देसाईलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । दासानायकेपछि मोन्टी नै नेपाललाई विश्वकपको मञ्चमा उकाल्ने प्रशिक्षक बने । ‘ह्यापी डे«सिङ रुम’ र ‘वान बल ब्याटल’ मोन्टी मन्त्रबाट नेपाली टिमले २०२३ को एसिया कप खेल्दा यसै वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाएको छ । नेपाली टिममा मोन्टीले ल्याएको उलटफेरलाई नजिकबाट नियालेका पूर्वप्रशिक्षक दासानायके पनि मान्छन्, मोन्टीमा प्रशिक्षक बन्न आवश्यक सबै खुबी छ ।

and-1707903495.jpg
“नेपालमा मोन्टीले धेरै राम्रो काम गरेका छन् । उनी उत्कृष्ट प्रशिक्षक हुन् र अनुभवी पनि छन् । मोन्टीमा सबैलाई एकसाथ ल्याउने र उनीहरूको क्षमताबाट उच्च प्रतिफल निकाल्न सक्ने क्षमता छ ।”

खेलाडीको रूपमा सहकार्य गरेका पारस नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा आउँदा दासानायके पनि उत्साहित छन् । पूर्व क्रिकेटरद्वय पारस र विनोद दाससँगै मोन्टीको दिशानिर्देशमा नेपाली टिमले राम्रो फड्को मार्नेमा दासानायके आशावादी देखिन्छन् ।

“पारस सचिवमा छन् । विनोद दास टिम म्यानेजर र मोन्टी नेपाली टिममा छन् । नेपाली क्रिकेटको विकासका लागि यो निकै राम्रो टिम हो,” उनले भने, “मैले पछिल्लो तीन महिनायता नेपाली क्रिकेट पछ्याउँदा यहाँ धेरै घरेलु प्रतियोगिता भएको पाएको छु । जब कोही आफ्नो कामबारे सचेत रहेको मान्छे जिम्मेवारीमा आउँछ भने त्यसले नतिजा राम्रो ल्याउनेछ ।”
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro