site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाह्रखरी गल्फमा पोखरेली साझेदार

काठमाडौं । बाह्रखरी मिडियाले विगत सात वर्षदेखि निरन्तर आयोजना गर्दै आएको गल्फ प्रतियोगिता र अन्य कार्यक्रममा पोखराका उद्यमी संस्थाहरूले साथ दिने जनाएका छन् । 

मंगलबार पोखरामा आयोजित सामूहिक बैठकमा पोखरा पर्यटन परिषद, युवा उद्यमी परिषद–पोखरा च्याप्टर तथा हिमालयन गल्फ कोर्स, पोखराले बाह्रखरी मिडियाले निकट भविष्यमा पोखरामा आयोजना गर्न लागेको गल्फ एण्ड बियोण्ड कार्यक्रममा साझेदारका रुपमा साथ हुने जनाएका हुन् ।

p4-1707896693.JPG
 

बाह्रखरीले एउटै समारोहमा तीनैवटा संस्थाहरूसँग छुट्टाछुट्टै समझदारी पत्रमा हस्ताक्षर गरेको छ । 

पोखरा पर्यटन परिषदका तर्फबाट अध्यक्ष पोम नारायण श्रेष्ठ, युवा उद्यमी परिषद–पोखरा च्याप्टरका अध्यक्ष निरन के.सी. तथा हिमालयन गल्फ कोर्सका प्रबन्धक भुवन गुरुङले आ–आफ्नो संस्थाका तर्फबाट सो समझदारीमा हस्ताक्षर गरे । 

p3-1707896693.JPG
 

उक्त तीनै समझदारीमा बाह्रखरीका तर्फबाट प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले हस्ताक्षर गरेका छन् ।

समझदारी हस्ताक्षर कार्यक्रममा बोल्दै पोखरा पर्यटन परिषदका श्रेष्ठले बाह्रखरीले विगतमा पोखरामा आयोजना गरेको कार्यक्रमले त्यसबेलाको परिस्थितिमा यस क्षेत्रको पर्यटन प्रबर्द्धनमा उल्लेखनीय योगदान गरेको मूल्यांकन गर्दै आफ्नो संस्थाले यसवर्ष पुनः सोही प्रकारको कार्यक्रम गर्न आग्रह गरेको बताए । 

p5-1707896693.JPG
 

युवा उद्यमी परिषद–पोखरा च्याप्टरका अध्यक्ष निरन के.सी.ले बाह्रखरीका कार्यक्रमहरूलाई पोखराका सम्पूर्ण उद्यमी व्यवसायीले सकारात्मक रूपमा लिएको र आफ्नो संस्थाले समझदारीमा उल्लेख भएअनुसार युवा राजनीतिज्ञहरूसँगको छलफललगायत अन्य कार्यक्रममा सक्रियतापूर्वक भागलिने बताए । 

हिमालयन गल्फ कोर्स पोखराका अध्यक्ष किरण के.सी.ले सो गल्फ कोर्स सम्पूर्ण पोखरावासीको पेवा भएको र यो विश्वकै ‘युनिक’ गल्फ कोर्समध्ये दशवटा भित्र परेको कुरा बताए । 

p6-1707896693.JPG
 

बाह्रखरीले आफ्नो कार्यक्रममा हिमालयन गल्फ कोर्सलाई समावेश गरेकोमा खुसी लागेको बताउँदै सम्पूर्ण गल्फ खेलाडी तथा उक्त कार्यक्रममा आउने पाहुनाहरूलाई सहज र रमाइलो वातावरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

p1-1707896692.JPG
 

बाह्रखरी मिडियाका अध्यक्ष प्रतीक प्रधानले बाह्रखरी मिडियाको कार्यक्रम पुनः पोखरामा आयोजना गर्न आव्हान गरेर यहाँका संस्थाहरूले देखाएको विश्वासका लागि धन्यवाद दिए । 

p2-1707896692.JPG
 

बाह्रखरी गल्फ एण्ड बियोण्ड कार्यक्रम अन्तर्गत गल्फ का साथै अन्य कार्यक्रमहरू हुने र त्यसका लागि पोखराका सम्मानित संस्थाहरूले सहयोगको आश्वासन दिएकोमा आफू पुलकित भएको पनि उनले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १३:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro