site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकी सिनेटले पास गर्‍यो युक्रेन र इजरायलका ९५ अर्ब डलर सहायता

काठमाडौं । अमेरिकी सिनेटले युक्रेन र इजरायलका लागि सहयोग समावेश रहेको ९५.३ अर्ब अमेरिकी डलरको विदेशी सहायता पारित गरेको छ ।

प्रतिनिधिसभाका सभामुख माइक जोन्सनले आलोचना गरेको यो सहायता तल्लो सदनबाट पारित हुनेमा भने आशंका छ ।

Dabur Nepal
NIC Asia

यो वैदेशिक सहायता प्याकेजमा युक्रेन र इजरायलका लागि अर्बौं डलरको सहायता रहेको छ । गाजा, वेस्ट बैंक र युक्रेनका नागरिकको लागि मानवीय सहायता र प्राथमिकता समावेश छ ।

रिपब्लिकनहरूले युक्रेनलाई थप सहायता दिन विरोध गरिरहेका कारण तल्लो सदनमा पारित हुन नहुनेमा आशंका छ ।

सिनेटमा भने यो प्रस्तावको पक्षमा ७० र विपक्षमा २९ मत परेको छ । २२ रिपब्लिकनहरूले पक्षमा मतदान गरेका छन् । यो सहायता प्याकेजमा युक्रेनका लागि ६० अर्ब डलर छुट्याइएको छ । इजरायललाई १४.१ अर्ब डलरको सहायता र मानवीय सहायताका लागि ९.२ अर्ब समावेश छ ।

प्योकजमा चीन र ताइवानबीचको तनावलाई मध्यनजर गर्दै एसियाली साझेदारलाई सहयोग स्वरुप ४.८३ अर्ब डलर समावेश रहेको बताइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १७:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro