site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादीको विधान सम्मेलन आजदेखि

काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन आजदेखि सुरु हुँदै छ । आजबाट सुरु हुने सम्मेलन तीन दिन (३ गते)सम्म चल्नेछ । 

सम्मेलन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा बिहान ११ बजेबाट सुरु हुनेछ । 

पार्टीलाई व्यवस्थित बनाउन आवश्यक विधान बनाउन सम्मेलन आयोजना गरिएको हो । विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरिएको थियो । उक्त समितिले पुस २७ गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विधानको मस्यौदा बुझाएको थियो । 

सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने माओवादी केन्द्रले जनाएको छ । केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी र  जनवर्गीय संगठनका पदाधिकारी सम्मेलनमा सहभागी हुनेछन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ०७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro