site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनआईसी एसियाले भन्यो– कुनै पनि शाखा कार्यालय बन्द गर्ने योजना छैन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना कुनै पनि शाखा कार्यालय बन्द गर्न नलागिएको स्पष्ट पारेको छ ।

केही सञ्चारमाध्यममा एनआईसीले ५० वटा शाखा कार्यालय बन्द गर्न लागेको दाबीसहितका समाचार आएपछि बैंकका कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले स्पष्टीकरण दिएका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

"आफ्ना कुनै पनि शाखा कार्यालयहरू बन्द गर्ने बैंकको रणनीति तथा योजना नरहेको र ५० वटा शाखा बन्द गर्न राष्ट्र बैंकसमक्ष निवेदन दिएको विषय कपोलकल्पित तथा भ्रामक रहेको तथ्य यसै प्रेस विज्ञप्तिमार्फत स्पष्ट पार्न चाहन्छौँ," न्यौपानेले भनेका छन् ।

बैंकले विगत २६ वर्षदेखि देशको अर्थतन्त्रलाई चलायमान राख्नका निमित्त आफ्नो स्थानबाट अग्रणी योगदान दिइरहेको विज्ञप्तिमा उल्लेख छ ।

Royal Enfield Island Ad

वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै शाखा सञ्जाल भएको एनआईसीले हाल मुलुकभर सञ्चालन गरिरहेका ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११५ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित बैंकिङ सञ्जालमार्फत ४१ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  २०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro