site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
धेरै खर्च गर्नेको शीर्ष स्थानमा परराष्ट्र, सबैभन्दा कमजोर अर्थ, अरू कसको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटमध्ये पहिलो ६ महिनामा सबैभन्दा धेरै खर्च गर्ने मन्त्रालयको शीर्ष स्थानमा परराष्ट्र मन्त्रालय पर्न सफल भएको छ । बजेट खर्च गर्ने‍ नसक्ने मन्त्रालयको पुछारमा अर्थ मन्त्रालय परेको छ ।

गत साउन १ गतेदेखि पुस मसान्तसम्मको अवधिमा परराष्ट्र मन्त्रालयले चालु आर्थिक वर्षका लागि विनियोजन गरेकोमध्ये ८०.३४ प्रतिशत बजेट खर्च गरिसकेको छ ।

अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमा यस अवधिमा परराष्ट्रले पाँच अर्ब ७१ करोड ३९ लाख रुपैयाँ खर्च गरिसकेको छ । चालु आर्थिक वर्षका लागि परराष्ट्रलाई सात अर्ब ११ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

Dabur Nepal
NIC Asia

बितेको ६ महिनामा सबैभन्दा कम खर्च गर्ने अर्थ मन्त्रालयलाई चालु आर्थिक वर्षका लागि ४१ अर्ब सात करोड ३६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । जसमध्ये ६ महिनामा अर्थले चार अर्ब ६ करोड ४४ लाख रुपैयाँ मात्र खर्च गरेको छ ।

चालु आर्थिक वर्षमा २२ वटा मन्त्रालयहरूको लागि कुल सात खर्ब ३९ अर्ब १० करोड ९६ लाख रुपैयाँ बजेटि विनियोजन गरिएको थियो । ती मन्त्रालय चालु आर्थिक वर्षको पहिलो ६ महिनामा दुई खर्ब २९ अर्ब ४७ करोड ८२ लाख रुपैयाँ मात्र खर्च गर्न सफल भएका छन् । अर्थात् ६ महिनामा २२ वटा मन्त्रालयले ३१.०५ प्रतिशत बजेट मात्र खर्च गरेका छन् ।

प्रतिवेदन अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई चालु आर्थिक वर्ष पाँच अर्ब ६० करोड २८ लाख बजेट विनियोजन गरिएकोमा एक अर्ब ९५ करोड ४२ लाख रुपैयाँ (३४.८८ प्रतिशत) खर्च गरिसकेको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पछिल्लो ६ महिनामा २८ अर्ब १८ करोड २८ लाख रुपैयाँ खर्च गरिसकेको छ । यस वर्ष शिक्षा मन्त्रालयलाई ५६ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । विनियोजन गरिएकोमध्ये ४९.६३ प्रतिशत बजेट शिक्षाले ६ महिनामा खर्च गरेको छ । 

प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष गृह मन्त्रालयलाई एक खर्ब ९४ अर्ब ५९ करोड १० लाख रुपैयाँ बजेट छुट्याइएको थियो । जसमध्ये पहिलो ६ महिनामा गृहले ७९ अर्ब ४१ करोड ८२ लाख रुपैयाँ (४०.८१ प्रतिशत) खर्च गरेको छ । 

रक्षा मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ४६.६३ प्रतिशत बजेट खर्च गरिसकेको छ । यस वर्ष विनियोजन गरिएको ५८ अर्ब ८४ करोड ४६ लाख रुपैयाँमध्ये रक्षाले २७ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ खर्च गरेको छ ।

कसको खर्च कति ?

Screenshot_12-2-2024_185927_-1707744878.jpeg
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro