site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
६ महिनामा एनजीओ तथा आईएनजीओको ३२ अर्ब ३२ करोड बजेट स्वीकृत
Sarbottam CementSarbottam Cement

काठमाडौं । समाज कल्याण परिषद्ले चालु आर्थिक वर्षको पहिलो साढे ६ महिनामा गैर–सरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था (आईएनजीओ) को ३२ अर्ब ३२ करोड ५६ लाख ७१ हजार ११० रुपैयाँ बजेट स्वीकृत गरेको छ । 

परिषद्ले २०८० साउन १ देखि माघ १७ गतेसम्मको अवधिमा एनजीओ र आईएनजीओको उक्त बजेट स्वीकृत गरेको हो । 

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा परिषद्का प्रशासन प्रमुख दुर्गा भट्टराईले उक्त तथ्याङ्क प्रस्तुत गरेका हुन् ।  उक्त रकम ती एनजीओ तथा आईएनजीओले नेपालमा सञ्चालन हुने विभिन्न परियोजना तथा कार्यक्रममा खर्च गर्नेछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रशासन प्रमुख भट्टराईका अनुसार बितेको साढे ६ महिनाको अवधिमा एनजीओको २० अर्ब ५० करोड ५४ लाख ११ हजार ४९० रुपैयाँको कार्यक्रम स्वीकृत गरिएको छ ।  उक्त समयमा ६७१ एनजीओले ८०८ वटा परियोजना तथा कार्यक्रम स्वीकृत गराएको जानकारी उनले समितिलाई दिए ।

“स्वास्थ्य, शिक्षा, महिला सशक्तिकरण, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका साथै खानेपानी तथा सरसफाई, जनचेतना, सामुदायिक विकास आदी क्षेत्रमा परियोजनाहरू सञ्चालित छन्,” उनले बैठकमा भने । 

Global Ime bank

परिषद्ले गत आर्थिक वर्ष २०७९/८० मा एनजीओको ३६ अर्ब १६ करोड ७९ लाख ९७ हजार ६८४ रुपैयाँ बजेट स्वीकृत गरेको थियो । 

परिषद्ले आर्थिक वर्ष २०७५/७६ मा १७ अर्ब ८७ करोड ९५ लाख ४६ हजार ६११ रुपैयाँ, आर्थिक वर्ष २०७६/७७ मा १७ अर्ब ८६ करोड ६२ लाख ७९ हजार ७६३ रुपैयाँ, आर्थिक वर्ष २०७७/७८ मा १४ अर्ब ८५ करोड ७५ लाख ३ हजार ९३ रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ मा ३६ अर्ब १ करोड २३ लाख १३ हजार ६५५ रुपैयाँ बजेट स्वीकृत गरेको थियो । 

पछिल्लो साढे ५ वर्षमा परिषद्ले एनजीओको कुल १ खर्ब ४३ अर्ब २८ करोड ९० लाख ५२ हजार २९६ रुपैयाँ बजेट स्वीकृत गरेको छ ।  यस्तै विभिन्न आईएनजीओको सोही अवधिमा ११ अर्ब ८२ करोड २ लाख ५९ हजार ६२० रुपैयाँ बजेट परिषद्ले स्वीकृत भएको प्रशासन प्रमुख भट्टराईले बताए । 

२० भन्दा बढी आईएनजीओले ३७ वटा परियोजना तथा कार्यक्रममा उक्त रकम खर्च गर्नेछन् । गत वर्ष आर्थिक वर्ष २०७९/८० मा आईएनजीओको कुल ३० अर्ब ४८ करोड ९१ लाख ३५ हजार ७८५ रुपैयाँ बजेटका परियोजना तथा कार्यक्रममा स्वीकृत गरेको थियो । 

प्रशासन प्रमुख भट्टराईका अनुसार परिषदले आर्थिक वर्ष २०७६/७७ मा १८ अर्ब ९३ करोड २२ लाख ७ हजार ४१६ रुपैयाँ, आर्थिक वर्ष २०७७/७८ मा ५ अर्ब ११ करोड ६ लाख ४८ हजार ४०४ रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ मा ३९ अर्ब ५० करोड ६२ लाख १७ हजार ९४० रुपैयाँ आईएनजीओको बजेट स्वीकृत गरेको थियो । 

पछिल्लो साढे ४ वर्षको अवधिमा परिषद्ले आइएनजीको कुल १ खर्ब ५ अर्ब ८५ करोड ८४ लाख ६९ हजार १६५ रुपैयाँ बजेट स्वीकृत गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय