site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भीमको पहिलो शतक 

काठमाडौं । एकदिवसीय शृंखलाको अन्तिम खेलमा क्यानडाविरुद्ध नेपालका ओपनर भीम सार्कीले शतक बनाएका छन् । 

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट भीमले १२७ बलमा शतक बनाएका हुन् । उनले १०० रन पूरा गर्ने क्रममा ११ चौका र एक छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भीमको यो पहिलो शतक हो ।

Dabur Nepal
NIC Asia

जारी खेलको ४४ ओभर समाप्त हुँदा नेपालले एक विकेट गुमाएर २२७ रन बनाएको छ । नेपालबाट हाल क्रिममा भीमसँगै रहेका अनिलले पनि शतक बनाएका छन् । अनिल १०६ रनमा खेलिरहेका छन् । 

नेपाली टिमको खातामा अर्का ओपनर कुशल भुर्तेलले १३ रन थपेका थिए । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रनको योगफल खडा गरेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १५:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro